विश्वकप फुटबल : आज अर्जेन्टीना र आइसल्याण्ड भिड्दै

(असार २, काठमाडौं) । विश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीना र आइसल्याण्डविच मास्कोको स्पार्टक स्टेडियममा नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ ।

अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो । अहिलेको विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ ।

विश्व कपमा आइसल्याण्ड पछिलो दुई वर्षमा सानदार फर्ममा चलिरहेको छ । त्यसैले पनि आइसल्याण्डलाई कमजोर टीमको रुपमा लिनु जुनसुकै टीमको लागि पनि खतरा हुन सक्छ ।

अर्जेन्टीनाले क्वालिफाइमा प्रदर्शन त्यती राम्रो गर्न सकेको थिएन एक समय त विश्व कपबाट बाहिरीने सम्भावना पनि बढेको थियो । मेसीले इक्वाइटर विरुद्ध ह्याट्रीक गर्दै आफ्नो टीमलाई विश्वकपको टीकट कटाएका थिए । अर्जेन्टीनाको टीम मेसीमा कति निर्भर छ, भन्ने कुरा पनि यो खेलबाट अन्दाज लगाउन सकिन्छ ।

क्वालिफाइ सकिएपछि अर्जेनटीनाले स्पेन र नाईजीरियासँग खेलेको खेल गुमाउनु परेको छ । सो खेलमा अर्जेन्टीनाका दुई जना स्टाईकर खेलाका थिएनन् । अब हुने ग्रुप ‘डी’को पहिलो खेलमा पनि खेल जिताउने जिम्मा मेसीमा नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका