थप १० जना कोरोना संक्रमितको मृत्यु

बाँके, २३ बैशाख । बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका रहेका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।

यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस र

काठमाडौँ, ५ जेठ । काभ्रेपलाञ्चोकका करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ । तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द