आईपीएल अनिश्चितकालका लागि स्थगित

काठमाडौँ, २१ वैशाख । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो । बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ । बीसीसीआईले आईपीएल २०२१ मा सबै सहभागीको सुरक्षित व्यवस्थापनका लागि सबै शक्ति लगाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दै छ । संसद् सचिवालयका अनुसार बैठकमा

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू