स्पेनिस ला लिगामा रियल विजयी

काठमाडौँ, १९ बैशाख । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित हासिल गरेको छ ।

शनिबार राति भएको खेलमा रियलले ओसासुनालाई २–० ले हरायो । योसँगै ला लिगाको उपाधि होड रोमाञ्चक भएको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन इडेर मिलिटाओ र कासिमिरोले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफमा दुई गोल गरेको हो ।

जितसँगै रियलले ३४ खेलमा ७४ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । पराजित ओसासुनाको ४० अंक छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको छ । असोज १६–१९ मा काठमाडौँमा हुने तय

काठमाडौँ, १३ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन् । नेपालका

काठमाडौँ, १३ असोज । ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ ।

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा