नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल मे २९ मा

काठमाडौँ, १७ वैशाख । नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कपको उपाधि जितिसकेको राष्ट्र इराकसँग मे २९ मा मैत्रीपूर्ण फुटबल खेल्ने पक्का भएको जनाएको छ ।

तीन दिनअघि इराक फुटबल संघले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्नेबारे समाचार सार्वजनिक गरेको थियो । खेल मे २९ तारिखमा बास्रा इन्टरनेशनल स्टेडियममा हुनेछ । नेपालको नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको यो पहिलो खेल हुनेछ ।

विश्वकप र एसिया कप छनोटका लागि तयारी गरिरहेको इराकले त्यसैका लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको थियो । फिफा बरियतामा इराक ६८औं स्थानमा र नेपाल १७१औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको

काठमाडौँ, १२ असोज । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका