ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ को ताज धितालको सिरमा (फोटोफिचर)

(जेष्ठ ३१, काठमाडौं) । सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘ ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८ मा धनकुटाको तुलसि मेहर स्कुलवाट एसइई परिक्षा दिएकी १६ वर्षिय रुची धितालले आफ्ना २४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताज जितेकी छन् ।

काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हातपारीन भने उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज पुष्पसदन स्कुलवाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हातपारीन । थर्ड रनरअप रिया खड्गी भइन भने उनले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप नाम्दु सेर्पाले जित्न सफल भइन ।

विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्ेन्ट’ र वेष्ट वाक को उपाधी हातपारीन भने श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभ पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्डहात पारीन त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन भने सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मीता पन्जीयार मिस डिसिप्लिन, सौजना तामाङ बेष्ट हेयर,फेशवुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टीमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा ,नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी,सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहनु भएको थियो ।

प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य वरावरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फवाट उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात परिन । त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पीयन कलेजमा रु १ लाख वरावरको छात्रावृति साथै विजेता ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर हातपार्न सफल भए । सम्पूर्ण प्रतियोगीहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फवाट गिफ्ट ह्याम्पर तेसैगरी सौय हेयर प्याकको तर्फवाट गिफ्ट ह्याम्पर र लेटमीइनको तर्फवाट सवैलाई गिफ्ट भौचर प्रदान गरिएको थियो भने कार्यक्रम सन्चालन अफिसियल कोरीयोग्राफर रोजीन साक्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायत पदाधिकारी

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्