काठमाडौँ, १२ वैशाख । नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछ ।
प्रतियोगितामा आज विराटनगर सिटी र धनगढी एफसी तथा पोखरा थन्डर्स र बुटवल लुम्बिनी खेल्ने छन् ।
विराटनगर सिटी र धनगढी एफसीको खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजे हुनेछ भने पोखरा थन्डर्स र बुटवल लुम्बिनी बेलुका साढे ५ बजे खेल्ने छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छन् । उपविजेताले १५ लाख रुपैयाँ पाउने छन् ।






