गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा

काठमाडौँ, ८ वैशाख । नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित थर्टी अण्डर थर्टी एसिया सूचीमा परेकी छिन् ।

३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने एसियालीमध्येबाट उनी उत्कृष्ट ३० को सूचीमा परेकी हुन् ।

यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । गौरिका ९ वर्षको उमेरदेखि नै पौडी खेलिरहेकी छिन् । उनले १२ वर्षको उमेरमा नेपालको राष्ट्रिय टोलिमा डेब्यू गरेकी थिइन् । उनी २०१६ मा रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन् । २०१९ मा आयोजना भएको दक्षिण एशियाई खेलमा उनले चार स्वर्ण, दुई सिल्भर र तीन कास्य जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । बैतडीमा घर फोडेर तामाका भाँडाकुँडा चोरी गरेको आरोपमा जनप्रतिनिधि सहित ४ जना पक्राउ परेका छन् । जिल्ला

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६

काठमाडौँ, १२ असोज । कालीगण्डकी नदीमा बहाव बढेपछि नदीले गरेको कटान हेर्ने क्रममा ढिकबाट लडेर बागलुङमा एक जनाको मृत्यु भएको

काठमाडौँ, १२ असोज । बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका