काठमाडौँ, ४ बैशाख । त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट गुमाएर भेटायो ।
आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे । यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।





