चौथो दिलिप स्मृति उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्नः ५ जना सम्मानीत

काठमाडौँ, २९ चैत । चौथो दिलिप स्मृति उपत्यकाब्यापी तेक्वान्दो प्रतियोगिताको समापन भएको छ ।

चैत २७ र २८ गते काठमाडौँको दशरथ रंगशालामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अथिती राखेप सदस्य सचिव रमेश कुमार सिलवाल रहनुभएको थियो । स्वास्थ्यका लागि खेल र निरोगी जीवनको लागि खेल भन्नु मुख्य आसयका साथ सञ्चालन भएको उक्त प्रतियोगिताले मुलुकको खेल क्षेत्रको विकास र विस्तारको साथमा खेलाडीहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खेलाडीहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतियोगितामा प्रमुख अतिथि सिलवालबाट विभिन्न विधाका खेलाडीहरुलाई सम्मान गरिएको छ । सम्मानीत हुनुहुनेहरुमा अन्तर्राष्ट्रिय निर्णयक दिपन्द्र ढकाल, तेक्वान्दोबाट मनोज खड्गी, साग गेमका दोहोरो स्वर्ण धारी आयाशा शाक्य, करातेबाट मन्डे श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष रजेन्द्र खत्रीलगायतका खेलाडीहरु सम्मानित हुनुभयो । कार्यक्रममा राखेप कार्यकारी बोर्ड सदश्यहरु नन्द बस्याल, एकेन्द्र कुँवर र सुबाश श्रेष्ठलगायतको समेत उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र