नेपालमा बन्यो साइबर अपराध नियन्त्रण गर्ने यन्त्र

(जेठ २७, धनुषा) ।  जनकपुरका एक युवकले साइबर अपराध नियन्त्रण गर्ने यन्त्र बनाएका छन् ।

कम्प्युटर इञ्जिनियर गरिरहेका जनकपुर उपमहानगरपालिका ९ बस्ने  २७ वर्षका सुभाष कुँवरले यो यन्त्र बनाएका छन्  ।  सुभाषले दुई वर्षअघि बनाएको एटीआई यन्त्र केही दिनअघि जनकपुर विमानस्थलमा जडान गरेका छन् ।

यन्त्रले पर्यटक लगायत सर्वसाधारणहरुलाई फाइदा हुने र साइबर अपराध लगायत अबान्छित गतिविधिहरु नियन्त्रण गर्ने बताएका छन्  ।  उनका अनुसार  एटीआई यन्त्र भनेको अंग्रेजीमा एनी टाईम ईन्टरनेट सेवा हो । यो चौबीसै घण्टा फ्री इन्टरनेट अथवा वाईफाई सेवा जस्तै हुन्छ । यसको प्रयोग गर्न पसवर्ड हाल्नु पर्छ । जुन पासवर्ड एटीआई यन्त्रबाट लिन सकिन्छ । फ्री र्वाइफाई जडान गर्न र ठाउँको विषयमा विषेश जानकारी लिन चाहने व्यक्तिले जडान गरिएको एटीआई यन्त्रबाट पासवर्ड लिन सक्छन् ।

वाईफाई प्रयोग गर्न चाहने व्यक्तिले एटीआई यन्त्रबाट पासवर्ड लिन प्रेसस्वीच थिच्नु पर्छ । जसले वाईफाई कनेक्टको लागि पासवर्ड अर्थात युजरनेमसहितको एउटा एटीएमको पर्चि जस्तै पेपर दिन्छ । जसमा पासवर्ड हुन्छ ।

उनले  यो यन्त्र विश्वमै पहिलो पटक आफूले बनाएको र एउटा एटीआई यन्त्र निर्माण गर्न कम्तिमा डेढदेखि २ लाख रुपैयाँसम्म पर्ने बताए  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा

काठमाडौँ, १५ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौँ, १५ भदौ । बंगलादेशको संसद्‍‍ले नेपालमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित

काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आइतबार बसेको बैठकले पार्टीको  क्रियाशील सदस्यता अद्यावधिक नगरेका इतर समूहका