तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’लाई

काठमाडौँ, ९ चैत । तेस्रो थानकोट गोल्डकपको उपाधि ‘ऊई आर ब्रदर्श’ क्लबले हात पारेको छ । चन्द्रागिरि थानकोट गोदाममा रहेको पिम्फली खेल मैदानमा आइतबार साँझ सम्पन्न तेस्रो थानकोट गोल्डकपमा तिनथाना युथ क्लबलाई हराउँदै ब्रदर्शले उपाधि हात पारेको हो । 

उक्त गोल्डकपको विजेतासँगै ब्रदर्श क्बलले रु ८० हजार पुरस्कार जित्न सफल भएको छ । शुरूदेखि दबाब राख्न सफल भएको ब्रदर्श २–० ले हराउँदै विजेता टिम बन्न सफल भएको हो । चन्द्रागिरि नगरपालिकाभित्रका स्थानीय २४ वटा टोलीलाई पछि पार्दै उई आर ब्रदर्श र तिनथाना युथ क्लब फाइनलमा पुगेका थिए । उपविजेता तिनथाना युथ क्लबले रु ४५ हजार प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपरलगायतलाई जनही रु पाँच÷पाँच हजार नगद पुरस्कार राशि प्रदान गरिएको थियो । 

नगद पुरस्कार र ट्रफि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रदान गर्नुभयो । कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भइरहेका हँुदा खेलकूद र खेलाडीको विकासका लागि नगरबाट उचित काम भइरहेको बताउनुभयो ।

उहाँले खेलकूदको माध्यमबाट समाज र राष्ट्रको नाम विश्वजगत्मा राख्ने हँुदा  खेलाडीको उच्च सम्मानका साथै विविध गतिविधिमा ध्यान दिइरहेको उल्लेख गर्नुभयो । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता गत फागुन २७ बाट शुरू भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

झापा, १२ असोज । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु दुई अर्ब ८३ करोड ३३

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, ११ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिक कार्यक्रमभन्दा नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्दै कार्यकर्ताहरूलाई उद्धार र