‘पर्यटन क्षेत्रलाई व्यवस्थित गरे अमेरिका, जापान, अष्ट्रेलियाभन्दा नेपाल उत्कृष्ट हुन्छ’

प्राकृतिक मनोरम, वातावरणीय सुन्दरता तथा विश्वकै सवैभन्दा उत्कृष्ट पर्यटकीय स्थलको रुपमा परिचित देश नेपाल हो । कृतिम मनोरम तथा सुन्दरता विश्वका विकसित मुलुकहरुमा प्रशस्त रहेता पनि प्राकृतिक रुपमा नेपालको सुन्दरताको अन्य मुलुकसँग तुलना गर्न मिल्दैन । प्राकृतिक सुन्दरता, स्रोत तथा साधनको खानी नेपाल हो ।

कुनै एक गाउँको डाँडामा वसेर चारै तर्फ फर्किएर हेर्ने हो भने प्राकृतिक मनोरमका कारण मानिसका पिडाहरुलाई सहजै रुपमा भुल्न सकिन्छ । नेपालको हावापानी, प्राकृतिक स्रोत तथा साधनकै कारण रोकगसँग लड्ने क्षमता समेत अत्याधिक रहेको छ । जसको ज्वलन्त उदाहरणको रुपमा कोरोनाको कहरलाई लिन सकिन्छ । नेपालको स्वच्छ हावापानी, खानपान तथा प्राकृतिक जडिवुटीका कारण कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा अन्य देशको तुलनामा अत्याधिक न्युन रहयो ।

कोरोनाका कारण नेपालमा मात्र नभई विश्वमा नै पर्यटन क्षेत्रका ट्रेकिङ, टुर्स एण्ड ट्राभल्स, होटल, रेष्टुरेन्ट, पर्यटकीय क्षेत्र, यातायातलगायतलाई ठूलो चुनौति खडा गरिदिएको छ । रोजगारीको सवैभन्दा महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटनलाई अझ वढी व्यवस्थित र प्रभावकारी बनाउने वर्तमान समयको आवश्यकता रहेको छ । मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई उठाउन र व्यवस्थीत बनाउन सके आर्थिक वृद्धिदर उच्च बनाउन मात्र नभई लाखौंलाई रोजगारीको सिर्जना गर्न सकिन्छ ।

नेपालमा रोजगारीको वातावरण सिर्जना गरे विदेशीएका नेपालीले सिप, क्षमता तथा दक्षता हासिल गरी युवा जोसका साथ नेपाल फर्कने निश्चित रहेको छ । रोजगारीको लागि विदेशीएका युवालई अल्छि हुनु हुँदैन भन्ने शिक्षा राम्ररी दिएको छ । जापान, अमेरिका, अष्ट्रेलिया, युरोपका विभिन्न मुलुक तथा अन्य मुलुकमा रोजगारीको लागि गएका नेपालीहरुको त्यहाँको वसाई कलेजको रुपमा रहेको छ । जसबाट नयाँ नयाँ कुरा तथा प्रविधिको प्रयोगको प्रसस्त ज्ञानहरु प्राप्त गरेका छन् । उक्त ज्ञानलाई नेपाली पर्यटन क्षेत्रमा लगाउनु अहिलेको नेपालको लागि अनिवार्य आवश्यकता जस्तै बनेको छ । जसवाट नेपालको विकास र समृद्धिको यात्रालाई निर्धारित लक्ष्यमा पुर्याउन सहज हुने निश्चित रहेको छ ।

सकारात्मक सोचाई नै सफलताको शिखर हो । सकारात्मक सोचको साथमा काम प्रतिको दृढता, इच्छाशक्ति तथा नेतृत्वकर्ताको जागरुकता, मिसन र भिजन महत्वपूर्ण हुन्छ । नेपालका नागरिकलाई नै रोजगारी सिर्जना गरी आफ्नो मातृभूमिलाई नै विकास र समृद्धिको यात्रामा अगाडी बढाउन विदेशीएका आम नेपाली फर्किन आतुर रहेका छन् । जसको लागि नेतृत्वकर्ता तथा सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने छ ।

कोरोनाका कारण डामाडोल भएको नेपालको अर्थतन्त्रको परिवर्तन तथा विकासको लागि नयाँ योजनाका साथ अगाडी बढ्नुपर्ने बाध्यता रहेको छ । कोरोनाको कारण समस्याको थिलथिलो बनेको पर्यटन क्षेत्र अबको ६ महिनाभित्र राइज हुँदै जानेछ । तसर्थ आन्तरिक पर्यटकलाई व्यापक प्रवद्र्धन र विकास गरी नेपालको पर्यटन क्षेत्रलाई अग्रगामी विकासको लागि लाग्नुपर्छ । अगामी दिनमा पर्यटन क्षेत्रको अल्पकालिन भन्दा पनि दिर्घकालिन रुपमा स्थापीत गर्ने गरी योजना बनाई अगाडी बढेमा नेपाली युवाहरु विदेशीनुपर्ने वाध्यताको समेत अन्त्य हुने निश्चित रहेको छ ।

नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तारको लागि चीन र भारतलाई मात्र सहकार्य गरी पर्यटन क्षेत्रको विकास गरेमा चीन र भारतका नागरिकको जम्मा जनसंख्याको ०.५ प्रतिशतका दरले मात्र नेपालमा भित्र्याउन सके नेपालले वर्तमान अवस्थाको तयारीले थाम्नै नसक्ने गरी हुन्छ । चीन र भारतको जम्मा जनसंख्याको ०.२ प्रतिशत हाराहारी मात्र मानिसलाई नेपाल भित्र्याउन विशेष राणनीतिका साथ अगाडी बढेमा नेपालको पर्यटन तथा आर्थिक वृद्धिदरमा कायापलट नै हुने देखिएको छ । जसलाई सफल बनाउन पर्यटन मन्त्रीले योजना तथा इच्छाशक्ति देखाएमा सम्भव छ । जुन सफल भएमा व्यक्तिमात्र नभई सरकारको नै आर्थिक वृद्धिदर उच्च हुन पुग्छ ।

युरोप, जापान, अमेरिकका, अष्ट्रेलिया जाने हैन, त्यो भन्दा धेरै ठूलो रोजगारीको सम्भावना नेपालको पर्यटन क्षेत्रमा नै रहेको छ । नेपालबाट दुवई, कतार, साउदीलगायतका देशमा रोजगारीको लागि नेपाली जाने नभई नेपालमा रोजगारीको खोजीको लागि आउने वातावरण सिर्जना गर्ने गरी राजनीतिक नेतृत्वले योजनावद्ध रुपमा अगाडी बढ्नु वर्तमान समयको टड्कारो आवश्यकता रहेको छ ।

जापानका नागरिक ‘स्पा’को तातोपानीमा दैनिक रुपमा वस्नु नै लामो समयसम्म वाच्ने मात्र नभई वाथ, युरीक एसिडलगायतका रोगबाट बच्न उत्तम उपायको रुपमा ग्रहण गर्दछन् । त्यसैले उक्त कुराहरुलाई व्यवस्थित गर्न नेपालमा प्रशासन, स्थानीय, होटल व्यवसायी, पर्यटकीय स्थल, पर्यटकीय संघ संस्था, रेष्टुरेन्ट, स्पा, देश विदेशको अनुभव र सामाजिक सद्भावना भएको व्यक्तिको नेतृत्व आवश्यकता रहेको छ । ठमेल पर्यटन विकास परिषदले काठमाडौँको ठमेल लगायतका नेपालका पर्यटकीय स्थलहरुमा २४शैं घण्टा उक्त प्रकारका पर्यटकीय गतिविधिहरुको व्यवस्थित र प्रभावकारी तवरले सञ्चालन गर्न व्यवस्थापन अबको महत्वपूर्ण जिम्मेवारी रहेको छ ।

विदेशीको तुलनामा नेपालीमा कामप्रति दृढता कम रहेको पाइन्छ । जापानामा ७० – ७५ वर्षमा नागरिकले दैनिक कामहरु गरिरहेका हुन्छन् । तर नेपालमा भने कामप्रति चासो कम भएको पाइन्छ । जसमा काम प्रतिको सम्मान तथा अवसरको कमी नै मुख्य समस्या हो ।

राजनीतिले विकास नभई अबका दिनमा विकासको राजनीति गर्नुपर्ने छ । बोलेर नभई काम गरेर राजनीति गर्नुपर्ने वर्तमान समयको आवश्यकता हो । शान्ति र सद्भावको देशको रुपमा नेपाल स्थापीत हुँदै गएको छ । यसलाई दिर्घकालिन तथा युद्ध, अपराधमुक्त नेपाल निर्माण गर्न आम नेपाली जनताको समेत महत्वपूर्ण भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन

काठमाडौँ, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौँ ल्याइएको छ । सुर्खेतबाट पक्राउ परेका उनलाई केहीबेर अघि प्रहरीले

काठमाडौँ, ९ असार । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । एमालेले आज दिउँसो २ बजेका लागि बैठक बोलाएको हो

काठमाडौँ, ९ असार । अशोक कुमार राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राई नेतृत्वको समूहले