मेस्सीको र्कीतिमानी खेलमा बार्सिलोनाको जित

काठमाडौँ, ३ चैत । कप्तान लियोनल मेस्सीको र्कीतिमानी खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । 

गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । उता हुयस्काका राफा मिरले एक गोल फर्काए ।

जाबीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका थिए । हाल मेस्सीले यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७६७ औं खेल पूरा गरेका हुन् ।जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २७ खेल खेलेको बार्सिलोनाले ५९ अंक जोडेको छ । पराजित हुयस्का २० अंक सहित तालिकाको पुछारमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको

काठमाडौँ, ११ असोज । ललितपुरको सानागाउँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार इमाडोलबाट

काठमाडौँ, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार

काठमाडौँ, ११ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ