(जेठ २४, एजेन्सी) । अन्तर्राष्ट्रिय साझेदारी र विकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन् ।
रौनियारले तस्विरमा नेपालको ग्रामीण भेगका महिलाले सुधारिएको चुल्होमा खाना पकाउनाले उनीहरुको समय बचत र स्वास्थ्यमा आएको साकारात्मक परिवर्तन देखाइएको थियो ।
कार्यक्रममा पुरस्कार प्राप्त गरेपछि उनले भने, ‘यस पुरस्कारले यूरोपली देशहरुले नेपाल जस्ता विकासशील देशमा विकासका मुद्दामा रहेका चासो झल्काउँछ।’
प्रतियोगितमा ७० भन्दा बढ़ी देशको जम्मा ९९ फोटोहरु प्रतिस्पर्धाका लागी छानिएका थिए ।






