खुल्ला पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न

नवलपरासी, १७ फागुन । सम्मे माई युवा क्लब सरावाल-४ हात्तीवनद्वारा आयोजित खुल्ला पुरूष क्रीकेट प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा प्रथम राधा कुमारी क्रीकेट क्लब, ठुटीबारी, दोस्रो ढोलबाजा क्रीकेट क्लब, रुपंदेही, म्यान अफ द सिरिज धरमविर यादव (ठुटीबारी) भएको छ । जसमा प्रथम पुरस्कार २० हजार, मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार १० हजार, मेडल र प्रमाण पत्र रहेको थियो ।

सन्तराम केवट अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालक कमलेश कहारले गर्नुभएको थियो । राष्ट्रिय युवा संघ नेपालका सचिव रमेश पौडेलको प्रमुख अतित्थ्यतामा भएको कार्यक्रममा विशेष अतिथी नेकपा युवा नेता सुखाडी प्रसाद चौधरी, अतिथिहरुमा दिनेश यादव (नेकपा युवा नेता), बिक्रम पौडेल (पिन लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा युवा संघ जिल्ला सदस्य), गोपी चन्द हरिजन (राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य) लगायतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा मन्तव्य राख्ने क्रममा सचिब पौडेलले राज्यले खेल क्षेत्रमा लगानी बढाउँदै खेलमा लागेका खेलाडीहरुले आफ्नो जीवन गुजराका लागी अर्को पेशा अंगाल्न नपर्ने वातावरण सिजर्ना गर्नुपर्नेमा जोड दिनुभयो । छोटो समयमा नै अन्तराष्ट्रिय स्तर नेपालले उलेख्य उपलब्धि हासिल गरेको क्रीकेट खेलमा राज्यले पिशेष ध्यान दिन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट