स्पेनिस ला लिगामा लेभान्टेसँग रियल मड्रिड पराजित

 काठमाडौँ, १८ माघ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।

गएराति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो । 

 रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरे । खेलको ३२ औं मिनेटमा लेभान्टेका जोस लुइस मोरालेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । 

अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिकाे मड्रिड ४७ अंकका साथ पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate