कक्षा १२ को परीक्षा : परीक्षा ३० पूर्णाङ्कको, नम्बर दिइयो ६० !

काठमाडौँ, १५ माघ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो ।

‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टम इन्ट्री गर्न धेरै समय लाग्यो, अब यो साताभित्रै नतिजा प्रकाशित गर्छौं ।’

कोरोना महामारीका कारण बोर्डले कूल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । विद्यार्थीको प्राप्तांक पठाउने क्रममा विद्यालयहरुले जथाभावी गरेको बोर्डका कर्मचारी बताउँछन् । पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए ।

‘शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् ।’

अंग्रेजी, नेपाली लगायत भाषा विषयमा पनि पूर्णाङ्क बराबर नम्बर दिएर पठाएपछि बोर्डले उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्ब ५० करोडभन्दा

काठमाडौँ, ८ असोज  । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ः०० बजे

काठमाडौँ, ७ असाेज । प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह

काठमाडौँ, ७ असाेज । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना