पाकिस्तान सुपर लिगको ड्राफ्टमा सन्दिप

काठमाडौँ, २२ पौष । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो श्रेणीमा परेका छन ।

पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीसीबीले जनवरी ९ मा खेलाडीहरुको लिलामी गराउने छ ।

सार्वजनिक गरिएको ड्राफ्टमा प्लेटीनीएम, डाईमण्ड, गोल्ड, सील्भर र ईमरजीङ प्लेयर गरी कुल ५ श्रेणी समावेश छन् । केटा ग्याडियर्टस, लाहोर कलन्दर्स, मुल्तान सुल्तान, इस्लामबाद युनाइटेड, पेशवार जाल्मी र कराँची किङ्स गरि ६ फ्रेन्चाइज टोली छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर आमाबस्यसम्मको समयलाई सोह्रश्राद्ध भनिन्छ । यस समयमा सोह्रवटा तिथि पर्दछन् भने यसलाई

काठमाडौँ, ११ असोज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको र देशभर

काठमाडौँ, ११ असोज । २०८३ साल असोज ११ गते आइतबारको राशिफल ।  मेष : दिन सामान्य छ । अवसर गुम्ने सम्भावना

काठमाडौँ, १० असोज । रुकुम पश्चिममा खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुकुम पश्चिमको मुसिकोट