महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक

काठमाडौँ, ७ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक भएको छ ।

महिला र पुरुष दुवैको प्रधानमन्त्री कप पुस ११ गतेदेखि सुरु हुने भनिए पनि क्यानले महिलातर्फको तालिका सार्वजनिक गरेको हो ।

उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । २० ओभरमा हुने प्रतियोगिता दाङको लमहीमा यही ११ गतेदेखि सुरु भएर १९ गते सकिनेछ । प्रतियोगितामा हरेक दिन दुईवटा प्रतिस्पर्धा हुनेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर एक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा