फेसबुकलाई ६१ लाख डलर जरिवाना

काठमाडौँ, ११ मंसिर ।दक्षिण कोरियाको व्यक्तिगत सूचना सुरक्षा निकायले सामाजिक सञ्जाल फेसबुकलाई करिब ६१ लाख डलर जरिवाना तोकेको छ ।

साथै प्रयोगकर्ताको व्यक्तिगत सूचना जानकारी नै नगरी अन्य अपरेटरलाई दिएको आरोपमा अनुसन्धान अघि बढाउने भएको छ । दक्षिण कोरियाको व्यक्तिगत सूचना संरक्षण कमिटिले फेसबुक कम्तीमा ३३ लाख फेसबुक प्रयोगकर्ताको सूचना अनुमति विना नै अन्य अपरेटरलाई दिइएको बताएको छ ।

सन् २०१२ मेदेखि २०१८ जुनसम्मको अवधिमा एक करोड ८० लाखमध्ये ३३ लाखको व्यक्तिगत विवरण फेसबुकले प्रयोगकर्तालाई जानकारी नै नदिई अन्य अपरेटरलाई दिएको थियो । फेसबुकले यो मुद्दामा आफूहरुले दक्षिण कोरियाको सरकारसँग समन्वय गरिरहेको र व्यक्तिगत विवरण संरक्षण कमिटिले आपराधिक अनुसन्धान सुरु गरेको प्रति खेद प्रकट गरेको छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि

काठमाडौँ, १२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

काठमाडौँ, १२ असोज । नेकपा एमाले संसदीय दलका उपनेता तथा सांसद पद्मा अर्यालले हालैको बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिप्रति सरकारको

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले