काठमाडौँ, १९ कार्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद मुम्बईलाई हराउँदै प्लेअफमा पुगेको छ ।
युएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।
जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो । हैदराबाद प्ले अफमा पुगेसँगै कोलकाता पनि लिग चरणबाटै बाहिरिएको छ । समान १४ अंक नै भए पनि कोलकाता रनरेटमा पछी पर्दै बाहिरिएको हो ।






