आइपिएलमा सन्दीप लामिछाने आबद्द टिम दिल्लीको लगातार तेस्रो हार

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले मात्र दुई विकेटको क्षतिमा पूरा ओभर खेल्दै २१९ रन बनाएको थियो। २२० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली एक ओभर बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर १३१ रनमा सीमित भएपछि हैदराबादले सानदार जित निकालेको हो ।

हैदराबादको जितका लागि रिद्धिमान शाहले सर्वाधिक ८७ रन प्रहार गरे। उनले दुई छक्का र १२ चौकाको मद्दतमा सो रन जोडे। त्यस्तै कप्तान डेबिड वार्नरले ६६ रन बनाए भने मनिष पाण्डे ४४ रनमा अविजित रहे। अष्ट्रेलियन खेलाडी केन विलियम्सन ११ रनमा नट आउट रहे ।

यता दिल्लीका एनरिच नोर्तजे र रविचन्द्र अश्विनले समान १–१ विकेट लिए। जवाफी ब्याटिङमा आएको दिल्लीले खराब सुरुवात गर्दै पावर प्लेमै तीन विकेट गुमाएको थियो । यसैबीच अजिंक्य रहाणेले भने २६ रन जोड्न सके। त्यस्तै, ऋषभ पन्तले ३५ रन जोडे भने सिमरोन हेट्मेयरले १६ र तुषहर देशपाण्डेले २० रनको योगदान दिए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

हैदराबदका लागि राशिद खानले तीन विकेट लिए भने सन्दिप शर्मा र टी नटराजनले समान २–२ विकेट लिए। एक विकेट लिनेमा शबज नदिम, जेसन होल्डर र विजय संकर रहे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र