काठमाडौँ, ९ कार्तिक । आईपीएल टी(ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।
युएईमा जारी १३औं संस्करणको खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले हराएको हो । पञ्जाबले दिएको एक सय २७ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा हैदराबाद १९ दशमलव ५ बलमा एक सय १४ रन बनाउँदै अलआउट भएको हो ।
हैदराबादका लागि कप्तान डेभिड वार्नरले २० बलमा ३५ रन बनाए पनि अरु ब्याट्सम्यानले योगदान गर्न सकेनन् । जितसँगै पञ्जाब दश अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।






