काठमाडौँ, ६ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले सातौं जित निकालेको छ ।
यूएईको शेख जायद क्रिकेट मैदानमा गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बेङ्ग्लोरले सातौं जित निकालेको हो । कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बेङ्ग्लोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
बेङ्ग्लोरको जितमा देवदूत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए । यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहँदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।
कोलकत्तालाई हराएसँगै बेङ्ग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरको १० खेलमा ७ जितसहित १४ अंक छ । कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा छ ।







