काठमाडौँ, ५ कार्तिक । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार फुटबलर लियोनेल मेसीले च्याम्पियन्स लिगमा किर्तिमान बनाएका छन् । कप्तान लियोनेल मेस्सी कीर्तिमानी १६ औँ च्याम्पियन्स लिग सिजनमा गोल गरेपछि बार्सिलोनाले फेरेंकभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेका हुन् ।
३३ बर्षिय मेसीले गएराती हंगेरीयन क्लब फेरेन्सभारोसविरुद्ध गोल गर्दै च्याम्पियन्स लिगमा लगातार १६औ सिजन गोल गरेर किर्तिमान बनाएका हुन् । मेसीले यस खेलमा २७औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । मंगलबार राति भएको खेलमा बार्सा ५–१ को विशाल अन्तरले विजयी भएको हो ।
मेस्सीले खेलमा २७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए ।





