आईपीएलमा दिल्लीमाथि पञ्जाबको जित

काठमाडौँ, ५ कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

आज दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए । पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए। जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए।

पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्यो।  पञ्जाबका निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए। ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र