काठमाडौँ, ३ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जाबले मुम्बई इन्डियन्सलाई हराउन सफल भयो ।
गएरातिको भएको खेलमा दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ । यता मुम्बईको यो तेस्रो हार हो ।
आइतबार राति दुबईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । पञ्जाबले पनि २० ओभरमा ६ विकेट गुमाएर एक सय ७६ रन नै बनाएपछि खेल बराबरी भएको थियो । सुपर ओभरमा पञ्जाबले ५ रनको लक्ष्य दिएको थियो । मुम्बईले पनि चार रन बनाएपछि खेल दोस्रो पटक सुपर ओभरमा गएको हो ।
दोस्रो पटकको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै मुम्बईले एक विकेट गुमाएर १२ रनको लक्ष्य दिएको थियो । जसमा पञ्जाबले २ बल बाँकी हुँदा जित निकाल्यो। जितपछि पञ्जाबको ६ अंक भएको छ । पञ्जाबसँग हारेको मुम्बईले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।






