नेपालले बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौँ, २ कात्तिक । नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लाई अनुमति दिएको छ ।

मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो । एन्फाको निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टोलीको प्रशिक्षण अघि बढाउन र मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो ।

राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बङ्गलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । आगामी नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग खेल्नेछ । बङ्गलादेश सरकारको अनुमतिपछि खेलको मिति तय हुनेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा