विश्वकप छनोट खेलमा अर्जेन्टिनाको सानदार जित

काठमाडौँ, २८  असोज । फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित हासिल गरेको छ ।

गए राति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २–१ गोलले पराजित गरेको हो । विश्वकप छनोटमा अर्जेन्टिनाको यो दोस्रो जित हो । उक्त खेलको २४औं मिनेटमा बोलिभियाका मार्सेलो मार्टिन्स मोरेनोले गोल गरि टिमलाई अग्रता दिलाए ।

त्यसपछि खेलको ४५औं मिनेटमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले गोल गरी टिमलाई बराबरीमा पुर्याए ।

त्यसपछि खेलको ७९औं मिनेटमा अर्जेन्टिनाकै जाओक्वीन कोरेर्राले गोल गरी टिमलाई जित दिलाए । जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र