आईपीएलमा मुम्बई शीर्ष स्थानमा

काठमाडौँ, २६ असोज । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स मुम्बई इन्डियन्ससँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९।४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको यो सातौं खेलमा पाँचौं जित हो। दिल्लीले भने त्यति नै खेलमा दोस्रो हार ब्यहोरेको छ । यो जितसँगै साविक विजेता मुम्बई आईपीएलको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंक नै भए पनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। कोलकाता ६ खेलमा ४ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र