ट्रम्प आउँदो हप्तादेखि काममा फर्कने

काठमाडौँ, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो हप्तादेखि नियमित काममा फर्किने भएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेशनमा बसेका ट्रम्पको स्वास्थ्यमा केही खराबी नभएकाले अर्को हप्तादेखि नियमित काम फर्किन सक्ने डाक्टरले बताएका छन् ।

उपचारमा संलग्न डाक्टर सिअन कानले राष्ट्रपति ट्रम्पमा कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेकाले अब नियमित काममा फर्कन सक्ने बताएका हुन । डाक्टरको यो भनाइ आएसँगै ट्रम्पले आज फेरि कोरोना परीक्षण गर्ने तयारी भएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ जेठ । संयुक्त राष्ट्रसङ्घले शुक्रबार द्वन्द्वग्रस्त दक्षिण सुडानमा ७० लाखभन्दा बढी मानिसहरूलाई खाद्यान्न सहयोगको आवश्यकता रहेको चेतावनी दिएको छ।

काठमाडौँ, १५ जेठ । कम्बोडिया सरकारले भिसाको समयावधि समाप्त भइसके पनि त्यहाँ बसिरहेका ६०२ नेपालीको जरिबान तथा शुल्क मिनाहा गरेको छ

एजेन्सी, १५ जेठ । मध्यपूर्व युद्ध शुरु भएको तीन महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

काठमाडौँ, १५ जेठ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले सन् १९४८ मा पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको