काठमाडौँ, २२ असोज । अखिल नेपाल फुटबल सङ्घ एन्फाको कार्यालय तीन दिनका लागि बन्द गरिएको छ ।
केही कर्मचारीमा कोरोना पुष्टि भएपछि आजदेखि ललितपुर सातदोबाटोमा रहेको कार्यालय तीन दिनका लागि बन्द गरिएको एन्फाले जनाएको छ ।
सङ्क्रमितको सम्पर्कमा आएका कर्मचारीलाई एक हप्ता होम क्वरेण्टीनमा बस्न भनिएको छ ।






