इंग्लिस प्रिमियर लिगका १० जनामा कोरोना पुष्टि

काठमाडौँ, १३ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा आबद्ध भएका खेलाडी र प्रशिक्षक तथा स्टाफहरुमध्ये १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त लिग फुटबलमा पछिल्लो समय गरिएको परीक्षणमा नयाँ सिजन सुरु भएपछिकै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रिमियर लिगका कूल १ हजार ५९५ खेलाडी र क्लब स्टाफको सेप्टेम्बर २१ र २७ मा कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये १० जना खेलाडीमा कोरोना देखिएको समाचारहरुमा उल्लेख छ ।

कोरोना देखिएका खेलाडी र स्टाफ १० दिनका लागि आइसोलेसनमा बसिसकेको बताइएको छ । गत साता वेष्टहामका प्रशिक्षक डेविड मोयस, खेलाडी इसा डिओप र जोश कुलनमा कोरोना देखिएको थियो । उनीहरु अहिले पनि सेल्फ आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र