भिरबाट बस खस्दा एकको मृत्यु, ६ जना घाइते

कावासोती, ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्‍नेमा भिरबाट बस खस्दा एकजनाको मृत्यु भएको छ । गुडिरहेको बसमाथि पहिरो खस्दा दुर्घटना भएको हो । दुर्घटनमा अन्य ६ जना घाइते भएका छन् । 

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २, दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडक माथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुम-पश्चिम आठबीसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो । बस भिरबाट खस्दा सख्त घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना.५ख ७९४० नम्बरको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ जेठ । गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा सम्पन्न भएको छ । शुक्रबार मकवानपुरको

काठमाडौँ, ६ जेठ । पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ

काठमाडौँ, ६ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ६ जेठ । आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल । मेष : दैनिकी सामान्य छ । आम्दानी बढ्नेछ। स्वास्थ्यमा