कांग्रेसद्वारा सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान

काठमाडौँ, १६ साउन । नेपाली कांग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा कांग्रेसले स्वर्ण पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।

कांग्रेस खेलकुद विभागले आयोजना गरेको विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण पदक विजेतालाई प्रति खेलाडी १० हजारका दरले सम्मान गरेका हुन ।

एकभन्दा बढी पदक जित्ने खेलाडीहरुलाई थप पाँच हजार दिइएको छ । जसअनुसार सागमा चार वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरिन् । यस्तै दुई वटा पदक जित्ने तेक्वान्दोकी आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङलाई १५ हजार रुपैयाँले सम्मान गरिएको छ ।

नेपालले सागमा स्वर्ण, रजत र कास्य गरी दुई सय ६ पदक प्राप्त गरे पनि कांग्रेसले स्वर्ण पदक विजेतालाई मात्रै सम्मान गरेको हो । यद्यपि रजत र कास्य जित्ने खेलाडीलाई भने पछि सम्मान गर्ने विभागले जनाएको छ । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल पदक २०६ जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र