काठमाडौँ, १४ साउन । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
सन्दीपले मंगलबार कोरोना परिक्षण गराएका थिए । त्यस्तै सन्दीप बिहीबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्न वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।
यस वर्षको सीपीएल अगस्त १८ बाट हुँदै छ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ । सन्दीप आबद्ध जमैकाको पहिलो खेल अगस्त १९ मा छ ।






