अलाभेसमाथि बार्सिलाेनाकाे सानदार जित

काठमाडौँ, ५ साउन । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको लिगको अन्तिम खेलमा बार्सिलोनाले अलाभेसमाथि सानदार जित निकालेकाे छ ।

अलाभेसको मैदानमा भएको खेलमा बार्सिलोनाकाले अलाभेसमाथि ५-० को फराकिलो जित दर्ता गरेको हाे । बार्सिलोनालाई  सानदार जित दिलाउनकाे लागि कप्तान लिओनेल मेस्सीले २ गोल गरेका थिए । अन्य गोल अन्सु फाती, नेल्सन सेमेडो र लुइस सुआरेजको नाममा रहयो । पहिलो हाफमा नै ३-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो । पराजित अलाभेसले भने समान खेलबाट ३४ अंक जोड्दै तालिकाको १५ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र