लिफ्ट दिने भन्दै बलात्कार, चार जना पक्राउ

पाेखरा, १ साउन । कास्कीमा गाडीमा लिफ्ट दिने भन्दै एक युवतीलाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३० गते पोखरा महानगरपालिका–२ बाट नीलो रंगको ग १ च ७७४५ नम्बरको कारमा आएका उनीहरुले एक बालिकालाई लिफ्ट दिने भन्दै जबरजस्ती गाडीमा हालेका थिए ।

त्यसपछि लेकसाइडमा रहेको एक होटलमा लगेर जबरजस्ती गरेको सूचनाको आधारमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाँउपालिका–१० घर भइ अन्नपुर्ण–३ मा बस्ने २४ वर्षीय कपिल गुरुङ, अन्नपूर्ण–३ का २२ वर्षीय योगेश थकाली, माछापुच्छ्रे–७ घर भइ अन्नपूर्ण–३ काडे बस्ने १९ वर्षीय पुकार गुरुङ र अन्नपूर्ण–३ कै १८ वर्षीय सुशल गुरुङ रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काबुल, ३१ वैशाख । अफगानिस्तानमा मुसलधारे वर्षाका कारण अचानक आएको बाढीले गर्दा उत्तर अफगानिस्तानमा व्यापक धनजनको क्षति भएको छ ।  अधिकारीहरूले

मस्को, ३१ वैशाख । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई हटाएका छन् । युक्रेनसँग युद्ध चलिरहेका बेला पुटिनले लामो

कोलम्बो, ३० वैशाख । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आइतबार मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२५ मा बढेर तीन प्रतिशत

काठमाडौँ, ३० वैशाख । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीका कारण सयौँको मृत्यु भएको छ । बाढीका कारण मृत्यु हुनेको सङ्ख्या