बार्सिलोनाको जितसँगै रियलको अग्रता १ अंकमा झर्यो, मेस्सीको कीर्तिमान

एजेन्सी, २८ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको छ ।

गएराति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सर्घषपूर्ण जित निकालेको हो । बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार राति हुने खेलमा ग्रानडाको सामना गर्दैछ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र