इटालिय सिरी एमा युभेन्टसमाथि मिलानको जित

एजेन्सी, २४ असार । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस एसी मिलानसँग लज्जास्पद पराजित भएको छ । मिलानको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस ४-२ गोलले पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलान र युभेन्टस दुवै टाेलीले सबै गाेल दाेस्राे हाफमा नै गरेका थिए ।

दाेस्राे हाफ सुरू भएकाे ३ मिनेटमै युभेन्टसले अग्रता लिएकाे थियाे । खेलको ४७ औं मिनेटमा आद्रेएन रबिओटले गोल गर्दै आहुना टोलिलाई १-० गोलको अग्रता दिलाएका थिए ।

जितसँगै मिलान ३१ खेलबाट ५९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित युभेन्टस समान खेल खेल्दै ७५ अंकसहित शीर्ष स्थानमा यथावत छ । युभेन्टसले शीर्ष स्थानमा दोस्रो स्थानको लाजिओभन्दा सात अंकले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र