बार्सिलोनाको सानदार जित

एजेन्सी, २२ असार । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ । गएराति भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ४-१ गोलको फराकिलो जित निकालेको हो ।

पाहुना टोलि बार्सिलोनाको जितका लागि लुइस सुआरेज, एन्टोनी ग्रीजमन र अन्सु फातीले एक एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहार पाएको थियो । भिल्लारियलका लागि जेरार्ड मोरेनोले एक गोल फर्काएका थिए ।

जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग अंक दूरी चारमा घटाएको छ । ३४ खेलपछि बार्सिलोनाको ७३ अंक भएको छ भने शिर्ष स्थानमा रहेको रियलको समान खेलमा ७७ अंक रहेको छ । पराजित भिल्लरियल ५४ औं सहित पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय

काठमाडौँ, १० असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नं.-३ मा युवा नेताहरूले सर्वसम्मतिका नाममा नेतृत्व चयन गर्ने प्रयासको

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट खस आर्य तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा