काठमाडौँ, २० असार । अल्भारो मोराटाको दुई गोल मद्दतमा एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा मालोर्का विरुद्ध सहज जित हात पारेको छ ।
गएराति भएको लिगाको एक मात्र खेलमा एट्लेटिकोले मालोर्कालाई ३-० ले पराजित गरेको हो । एट्लेटिकोका लागि अर्को गोल कोकेले गरे ।
जितपछि ३३ खेलबाट ६४ अंक जोड्दै एट्लेटिको तेस्रो स्थानमा छ । ३२ खेलबाट ७४ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ भने ७० अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ ।






