काठमाडौँ, ३० जेठ । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ ।
निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।
हालसम्म बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेका छन् । कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो ।





