इन्भेस्टमेन्ट बैंकले जित्यो मुद्दा

काठमाडौँ, २८ जेठ । नेपाल इन्भेस्टमेन्ट बैंकले १६ महिनापछि २ अर्ब ४ करोड रुपैयाँको मुद्दा जितेको छ । बैंकले इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावरसम्बन्धी मुद्दा जितेको हो ।

मुद्दा जितेपछि बैंकले २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन इटालीको बैंकसँग दाबी गर्नेछ । यसबाट बैंकको वासलात थप सुदृढ र बलियो हुनेछ । तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी ई–कमेन्टिस्टी (सीएमसी) ले कार्य सम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर, कम्पनीले भनेअनुसार काम गरिरहेको थिएन । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी गरेको थियो ।

उति नै बेला इन्भेस्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो । सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलाजले सुरुमा बैंकलाई हराएपछि बैंकले पुनरावेदन गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २१ कार्तिक । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा

काठमाडौँ, २१ कार्तिक । २०८३ साल कार्तिक २१ गते शनिबारको राशिफल ।   मेष : दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले

काठमाडौँ, २० कार्तिक । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार आज