काठमाडौँ, २६ जेठ । आजदेखि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै आज चाँदी पनि रुपैयाँले बढेर ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।





