नक्सा विवाद सँगै नांगिएको कांग्रेसको राष्ट्रियता

बाबु छत्कुली

नेपाली कांग्रेसले आज नेपाल सरकारको निर्णय बमोजिम निशान छाप संसोधन गरि नेपालको नयाँ नक्सा राख्ने निर्णयमा असहमति जनाएको छ । हुन् त् नेपाली कांग्रेस राष्ट्रियताको कुरा आउँदा पछाडी हटेको यो पहिलो घटना भने होइन । विशेष गरि जव भारतको विरुद्धमा भन्दा पनि आफ्नै राष्ट्रिय स्वाभिमान कायम गर्ने कुरामा सधैं नेपाल आमालाई नेपाली जनतालाई धोकादिदै मालिकको पक्षपोषण गर्ने नेपाली जनताको भविष्य साथै अधिकारमाथि गम्भीर चलखेल गर्ने आफ्नो राजनीतिक दाउपेच सोझाउने नेपाली जनताको सार्बभौमसत्ता अधिकार प्राप्तिको आन्दोलन लगाएतको भूमिकामा सधै बिमुख रहदै आएको कांग्रेसबाट यो भन्दा बढी आशा पक्कै पनि गर्न सकिदैनथ्यो ।

नाकाबन्दीको घटनालाई नाकाबन्दी भनेर समेत आफ्नो केन्द्रीय कमिटीबाट निर्णय गराउन नसेकेको राजनीतिक दल नेपाली कांग्रेस चाहे टनकपुर सन्धि होस्, चाहे गण्डक सम्झौता चाहे नेपालकै सर्बाधिक सस्तोमा निर्माण हुने अरुण तेस्रो जलविद्युत आयोजना या अपर कर्णाली होस्, या रास्ट्रघाती कोशी सम्झौता । सबै सन्धिमा नांगिएको कांग्रेस आज आफ्नै भुमि फिर्ता ल्याउने कुरामा नराम्ररि चुकेको छ नै तर उ आफुमात्र चुकेन सारा देशबासि चुक्न पुगे प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारको गौरबांबित निर्णयले ठाडो भएको शिर आज कांग्रेसको कारण झुक्न पुग्यो ।

भारतीय मिडिया एकोहोरो नेपालले बनाएको नक्सा कांग्रेसले गर्दा फिर्ता लियो भनेर एकोहोरो रटान लगाइरहँदा आज हरेक देशभक्त नेपालीको आत्मा रुन पुग्यो, ग्लानि बोध भयो । इतिहास बेचेर खान पल्किएको कांग्रेस याद गर अब तिम्रा इतिहासको दोकान बन्द हुन् । लागिसक्यो जनता जागिसके तिम्रा रुन्चे र फोस्रा कुरा अब जनताले पत्याउनेवाला छैनन् । इतिहासको निर्मम समिक्षा जनताले गर्ने नै छन् भने यो स्वाभिमानी शिर झुकाइदिएको पाप बोकेर अब तिमि आफै जिउन सक्ने छैनौ ।

एकाइसौ शताब्दीका हामी जनतालाई तिम्रा ललिपपले झुक्काउन सक्ने छैन दृढ र स्वाभिमानी सरकारले आफ्नो कदम फिर्ता लिने छैन हाम्रो सार्बभौमसत्ता सम्प्रुभताको रक्षा गर्दै बिर गोर्खाली हाम्रा पुर्खाको रगतले सिंचिएको भुमि एक इन्च छोड्ने छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो