वडा अध्यक्ष परासर सापकोटालाई पाठक पत्र

वडाध्यक्ष ज्यू, नमस्कार ।

वडा अध्यक्ष ज्यू, चाँगुनारायण नगरपालिका वडा नं.  ८, भक्तपुर

सर्वप्रथम त वडा प्रमुखमा निर्वाचित भएका दिनदेखि वडाको विकास र हितका लागि लाग्ने तपाईं लगायतका जनप्रतिनिधि प्रति हार्दिक आभार प्रकट गर्दछु । उपत्यकाको नजिक भएता पनि वर्षै वर्ष देखि विकासको कुरामा पछाडि परेको सुडाल (हाल चानपा-८) अहिले आएर यतिको परिवर्तन गर्नको लागि तपाइले गरेका पहल कदमिहरू प्रशंसा योग्य छन् ।

सुडालको पनि बिकट ठाउँ जस्तो मानिने दुलाल गाउँ सडक लभग कालोपत्र भएको छ भने, बाँकि सडक बन्ने क्रममा छ । हिउदाको धुँवा धुलो र वर्षातको समयमा हिलोले गर्दा पैदल यात्रासम्म गर्न कठिन हुने गोसाइपुल कलमसी सडक चौडा भई कालोपत्र समेत भइसकेको छ । यसै वडा भित्र माइली बर्हमायणी सुडाल सडक, दक्षिणकालि मार्ग, गुरूङ गाउँ गणेस्थान सडक, झाप्रो हबेली, बोजिन सुनार टोल सडक अन्य भित्रि सडकहरू निर्माण सम्पन्न भयका छन् ।

अधिकाशं सडक धमाधम निर्माण भइरहेका छन् । सडक निर्माणसंगै पातलेवन र फुयाल गाउँमा बोरिङ गरि खानेपानीको लाइन बिस्तारको क्रममा छन् । धेरै बर्ष पहिलेदेखि नभएको विकास ३ वर्षमा भएको छ र अझै हुने क्रममा छ तै पनि समाजमा रहेका विकास विरोधिहरूको झुन्डले आफ्ना वडामा भएका विकासको कुरा खुलेर गर्ने हिम्मत गर्दैनन् ।

म ठोकुवा गरेर भन्न चाहन्छु, जति पनि विकास निर्माणका कार्य भएका छन् तत्कालिन नेकपा एमाले हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि निर्वाचित भएपछि भएका छन् । विरोध गर्नेहरुलाई कुनै निहु चाहिदैन, उनीहरु विरोध गर्दै गर्छन वडा प्रमुख तपाईं झिनामसिना कुरामा नअल्झि आफनो वडाको हितका लागि निरन्तर लागिरहनु हुन आग्रह गर्दै हामी आम समुदाय तपाइहरू जस्तो विकास प्रेमि जनप्रतिनिधको साथमा रहेन छौं ।

आम समुदायबाट आएको सकारात्मक गुनासो, सल्लाह र मार्गदर्शनलाई आत्मसाथ गर्दै अगाडि बढ्नु हुन अनुरोध छ । राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यबद्धता प्रकट गर्दै आफ्नो वडाको विकासको लागि एक भएर लागि पर्न सम्पूर्ण वडाबासी आमा बुवा दाजुभाइ दिदिबहिनीहरुमा आग्रह गर्दछु ।

राजेश खडका
अध्यक्ष निर्माण व्यावसायी संघ, चाँगुनारायण नगरपालिका

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै

काठमाडौँ, ८ असोज । बजारमा अम्बाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज अम्बाको

काठमाडौँ, ८ असोज । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार कतारको दोहा

काठमाडौँ, ८ असोज । ललितपुर बागमती गाउँपालिका-३ काल्चेमाल्टामा पहिरो गएपछि कान्ति लोकपथ पूर्णरूपमा बन्द भएको छ । काल्चे माल्टा दोबाटोमा पहिरो