ऐतिहासिक सडक निर्माणको यथार्थ

रबिन्द्र सापकोटा

एक जना सामान्य किरण खड्का भन्ने व्यक्तिले सधैंझै निम्नस्तर लेख फेसबुकमा लेख्ने गर्छन् । उक्त लेखमा छोटे राजाको गाउँ भएकाले लकडाउनले नछोएको र उक्त बाटोको माटो अन्यत्र विक्री भइरहेको छ । त्यस दिनको भोलिपल्ट बैशाख ४ गते हाम्रा कुरा डटकमले खड्काको लेखलाई आधार बनाएर समाचार प्रकाशित हुन्छ । सोही दिनमा सो समाचारको आडमा पुनः किरण खड्का भन्ने व्यक्ति काम भइरहेको ठाउँ स्थित हात्ती गौंडमा पुग्छन र फेबबुक लाइभ गर्दै कोही व्यक्तिलाई फोन गर्छन् । उनले फोन गरेको नाम तब थाहाँ हुन्छ । जब भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जगाती प्रहरी प्रभागका डिएसपी चक्रराज जोशीलाई काम रोक्न आदेश दिन्छिन् । त्यस अवस्था लगत्तै भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतसँग फोन मार्फत् प्रजिअको कुराकानी हुन्छ र मैदानमै उपस्थित भएर छलफल गर्ने र काम रोक्नै पर्ने भए स्थानीय जनताको भावना र मैदानको अवस्था हेरेर निर्णय गर्ने सहमति हुन्छ । तर उक्त बाटो रोक्न दाबाब दिने नेपाली काँग्रेस जिल्ला सभापति दुलर्भ थापा, वाग्मती प्रदेशका सांसद कृष्णलाल भडेल उक्त छलफलमा आउने आँट गर्दैनन् । किनकी त्यस स्थानमा स्थानीयसँग प्रत्यक्ष छलफल गर्ने आँट उहाँहरुसँग हुँदैन । उहाँहरुले भनेको जस्तो त्यहाँ कुनै अनियमितता भएको थिएन ।

सांसद, प्रजिअ, डिभिजन सडक कार्यालयका डिइ, वीरदल गणका कर्णेल, वडाध्यक्ष र स्थानीय उपभोक्ता सहितको निरिक्षणपछि बाटो सुचारु गर्ने सहमति हुन्छ । अराजक व्यक्तिको बहकाउमा लागेर समाचार प्रकाशन गर्ने हाम्रा कुरा डटकमका पत्रकार अजयबाबु सिवाकोटी र सोही अराजक झुण्डलाई मलजल गर्ने दुर्लभ प्रवृत्तिको पर्दाफास हुन्छ ।

हात्तीगौंडा गुण्डूको मुख्य प्रवेश मार्ग हो । हात्ती गौडा गुण्डूका हर अघिल्लो पुस्तासँग यसको बारेमा केहीन केही स्मरण छन । भूत भेटिएको, किचकन्या देखेको, चोरी लुटपाटमा परेको, स्थानीय बटुवाहरुको सिक्री लुटिएको चितुवा लगायतका जंगली जनवार भेटिएको लगायतका छन् । जबसम्म उक्त क्षेत्रमा नेपाली सेनाको व्यारेक बन्यो । त्यसपछि कथा केही फेरियो । मोटर साइकल दुर्घटना हिलोमा लडेको धुलोमा फसेको लागू औषधी दुरव्यसनी भेटिएको, जोडाजोडी फेला परेको लगायतका छन् । विकासका पछाडी पारेको यो क्षेत्रको मुहार फेर्ने अभियन्ता बनेर आए गुण्डूमै जन्मेका स्थानीय महेश बस्नेत । २०५४ सालमा तत्कालीन गुण्डू गाविसको गाविस अध्यक्ष पदमा निर्वाचित भएपछि नेपालकै कान्छो गाविस अध्यक्षको रेकर्ड कायम गरेका बस्नेतले जोस जाँगर र उर्जाले २०५६ सालमा गाविस र सडक कार्यालयको तीन लाख रुपियाँका लागयतमा ३०० मिटर उकालो बाटो पीच गर्छन् ।

क्रमशः पाण्डोबजार र गुण्डू जाने सडक कालोपत्रे हुन थाल्छ । अनी पुन फेरिन थाल्छ यहाँको कथा । अब यो भक्तपुर नगरपालिका, कटुज्जे, गुण्डू, सिपाडोल, पाण्डोबजारका स्थानीयहरुको मर्निङ वार्क गर्ने स्थान बनेको छ । सुवर्णेश्वर दर्शन गर्ने दशानार्थीको भीड बढेको छ । नियमित यातायात सञ्चालन हुन थालेको छ । सयौं युवाहरु अहिले सो स्थानमा दैनिक रुपमा प्राकृतिक दृश्यावलोक गर्ने गरेका छन् । यस क्षेत्रमा सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट फुटसल निर्माण भएको, व्याडमेन्टीन र भलिबल कोर्ड बन्दैछ । ओपनजिम र पदमार्ग बन्दैछ । यो एरिया मडिङ वार्क स्थलको रुपमा विकास हुँदै छ । यो सबै कार्य सांसद बस्नेतकै नेतृत्वमा भएको कार्यमा कुनै दुई मत छैन । उनी मन्त्री भएका बेलामा पाण्डो बजार र गुण्डू चोकबाट ४/४ करोडको बजेट विनियोजन गरेर ११ र ८ मिटरको चौडा सडक बन्न थानेको छ । उक्त सडक मार्गलाई कतिपय व्यक्तिले भिआइपि मार्ग समेत भन्न थालेका छन् । पाण्डो बजारबाट शुरु भएको उक्त सडक अहिले गुण्डू बुढीगण्डकी नजिक पुगेको छ र गुण्डू चोकबाट शुरु भएको पीच सडक धोविखोला तल्लो बसपार्क भन्दा माथिसम्म पुगेको छ । यस कार्यले आम गुण्डूबासीको आधा शताब्दीदेखिको सपना साकार भएको छ । दायाँबायाँ र वारीपारी सडक बन्दा पनि हात्ती गौडामा सडक बनेन् । किनकी त्यहाँ तीनवटा बाटोको संगम थियो । गुण्डू जाने मूलबाटो, सेनाको ब्यारेक , प्राणी उद्यान जाने सडक र सुवर्णेश्वर मन्दिर राउत गाउँ जाने बाटो । त्यो सबै बाटोको लिङक दिदै ठूलो गौंडा काट्नुपर्ने भएकाले काम गर्न कठिन थियो । कामको दौरानमा सडक अबरोध गर्नुपर्ने बाध्यता हुन्थ्यो । उक्त सडकका लागि यो वर्ष डिभिजन सकडको तर्फबाट सांसद बस्नेतकै पहलमा दुई करोड बजेट विनियोजन गरी काम अगाडि बढेको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, ६ नं. वडाका वडाध्यक्ष रामेश्वर ध्वजु र ७ नं. वडाका वडाध्यक्ष म रबिन्द्र सापकोटा वीरदल गणका गणपति शिव पौडेल, राष्ट्रिय प्राणी उद्यानका प्रतिनिधि सहित बसेर सडक बनाउन शुरु गर्ने सहमति भयो । उक्त बाटो बनाउँ क्रममा निस्कने ठूलो मात्रामा माटोको व्यवस्थापन गर्नुपर्ने चुनौति हामीमा थियो । हामीले गुण्डूको ऐतिहासिक ठाउँ कार्की गाउँ जसले गौरीबहादुर कार्की, खड्ग बहादुर कार्की, अन्नत कार्की, प्रद्युन्न कार्की, भेषबहादुर कार्की, गोबिन्द कार्की जस्ता प्रतिष्ठित व्यक्तित्व जन्माउने ठाउँ कार्की गाउँ जाने हाके डाँडाँको गहिरो खोल्छा पुरी मैदान बनाउने सहमति भएको हो । कार्की गाउँ र मन्थाली प्रवेश गर्ने उक्त सडक निकै कठिनाइका साथ जान सकिने भएकाले उक्त माटो सोही गाउँ जाने हाके डाँडाँ खोचमा पुर्ने र त्यहाँ रहेको करिब ८ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्ने भयो । उक्त सडक निर्माण गर्दा निस्केको माटो सांसद महेश बस्नेत र निर्माण व्यवसायि रमेश बस्नेतले बेचे भनेर मदिराको भट्टीमा बसेर निष्कर्ष निकाली आरोप लगाउने आफूलाई नेता ठान्ने झुण्डहरुले उहाँहरुको इतिहास हेर्न अनुरोध गर्छु । माटो बेचेर जिवन पाल्नुपर्ने अवस्था होकी होइन । यही जन्मेर ३० औं वर्षदेखि सामाजिक कार्यकर्ता हुँदै राष्ट्रिय राजनीतिमा नै उल्लेख्य भूमिका निर्वाह गर्न सफल व्यक्तिलाई अनेकौं लाञ्छना लगाउने प्रयास नगर्दै राम्रो होला ।

कोरोनाको संक्रमण बिरुद्ध सरकारले लकडाउन ग¥यो यो कठिनाइका बाबजुद उक्त बाटो निर्माण गर्न प्रहरी प्रशासन, स्थानीय सबैसँग सहकार्य गर्दै आज अवस्थासम्म आइपुगेको छ । अब विस्तारित सडकलाई पक्की बनाउने कार्य जारी छ । यो कार्यबाट आत्तिएका कतिपय बिरोधी दलका झुण्डहरु, कतिपय मिडियाहरु र जिम्मेवार नेतालाई म अनुरोध गर्न चाहन्छु । राजनीतिमा प्रतिस्पर्धा, विकासमा ऐक्यबद्धता प्रकट गर्दै सके विकासको काममा एउटा इँटा थप्नुहोस् सहकार्य गर्नुहोस् नसके अनावश्यक विरोध गरेर निकृष्ट राजनीतिक व्यवहार नगर्नुहोस् । अबको दुई वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा यही मुद्दा लिएर तपाई हामी लडौंला । जनताले दूधको दूध पानीको पानी छुट्टयाईदिने छ ।

लेखक : सापकोटा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ