सनातन धर्म संस्कृति र भगवान गौतम बुद्ध

तेजबहादुर ढकाल

आज बैसाख शुक्ल पूर्णिमा विश्व शान्तीका अग्रदूत भगवान गौतम बुद्धको जन्म दिन हो । आज भन्दा २५६९ बर्ष पहिले अहिलेको नेपालको लुम्बिनीमा राजा सुद्धोधन र आमा मायादेवीको कोखबाट जन्म भएको थियो । ऊनी २९ बर्षको उमेरमा दरबारको सुख सयल छाडि तपस्या गर्न निस्किए भने ३५ बर्षको उमेरमा अहिलेको भारतको बोधगयामा ज्ञान (बुद्धत्व) प्राप्त गरे । यो ज्ञान ऊनले पहिलोपटक सारनथस्थित मृगदावनमा पन्चबर्गिय भिक्षुहरुलाई प्रबचनका मध्यामबाट बाँडेका थिए । ऊनले ४५ बर्ष सम्म यस्तो ज्ञान बाँढेपछि ८० बर्षको उमेरमा बैशाख पूर्णिमा कै दिन कुशीनगरमा महपरिनिर्माण प्राप्त गरे ।

सनातन धर्म संस्कृतिमा भगवान गौतम बुद्धलाई भगवान बिष्णुको नवौ अवतार मानिन्छ । अहिले सम्पूर्ण हिन्दु लगायत सनातन धर्म संस्कृति मान्ने हरु बुद्ध अबतार वा बुद्ध धर्ममा छन । उनिहरुले गर्ने हरेक स्नान, सन्ध्या, दान, देवपुजन लगयतका सत्कर्म गर्नु अघि सन्कल्प गर्नु पर्दछ जसमा उनिहरुले कलियुगको प्रथम चरण अन्तर्गत यो धर्तीलोकको बुद्ध अबतारमा भएको सन्कल्प गर्ने गर्दछन्ं । केही हिन्दु धर्मालम्बीहरुले पनि अफ्नो घरको मन्दिर तथा आँगनमा भगवान बुद्धको मुर्ती राखि नित्य पूजा गर्ने गरेको पाईन्छ ।

बास्तवमा भगवान गौतम बुद्ध मुर्ती पुजन र ब्राहमणबादको बिपक्षमा हुनु भएका करणले अधिकांश हिन्दु ब्राहमणहरुले उहाँलाई मन्दिरमा नराखेको र नित्य पूजा आराधना नगरेको हुनसक्छ । साथै भगवान बुद्धका भक्त तथा अनुयायीहरुले पनि उहालाई मन्दिरमा नभै छुट्टै गुम्बामा बनाई राखेको हुन सक्दछ । उहाकै मुर्ती सबै भन्दा धेरै र सबै भन्दा ठूला बनाएको हुन सक्दछ। साथै पछिका ओरिएन्टल स्टडी सेन्टरका बिद्धानहरुले पनि यहाको भित्रि वास्तबिकता पर्गेल्न नसकेको हुन सक्दछ । त्यसैले भबिश्यमा यस संबंधि थप अध्ययन तथा अनुशन्धान गर्नु जरुरि छ ।

खास भगवान बुद्ध सुरुमा को हुनुहुन्थियो भन्नेमा धेरै लाई दिबिधा नै छ । उहाँ भगवान राम कै रघु बंशि क्षेत्रिय कुलका हुनुहुन्थियो भन्ने कुरा कुशवाह बंशावलीमा उल्लेख भएको पाईन्छ । त्यसबखत शाक्य राज्य (शाक्य बंश) भएकाले शाक्य बज्राचार्यहरुले पनी हाम्रै बंशज हुनुहुन्थियो भन्ने दाबी गरेको पाईन्छ । कतिपयले भोटे, लामा, शेर्पाहरु बौद्धमार्गी भएकाले गौतम बुद्ध पनी उनिहरुकै जातका थिए की भन्ने गरेको पनी पाईन्छ । फेरि गौतम बुद्ध नेपाल र भारत कहाँ जन्मिएका थिए भन्नेमा पनी बेला बखत बिबाद हुने गरेको छ । खास गरि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा जन्मिएका बुद्ध क्षेत्रि थिए तर ऊनले अहिलेको भारतको बोधगयामा ज्ञान प्राप्त गरेकाले भारतमा जन्मिएका बुद्ध ब्राहमण थिए भनी चलाखीपूर्बक अपवाह फैलाएको पाईन्छ । बास्तबमा त्यस बखत नेपाल र भारत दुबै थिएनन । हिमालय देखि गंगाको किनार सम्म बैशाली राज्य र त्यसको संगै शाक्य राज्य भएको पाईन्छ ।

साथै बौद्ध धर्म, संस्कृति वा जिवनशैली सनातन धर्म संस्कृतिकै निरन्तरता भएको पाईन्छ । कुनै बेलाको बौद्ध राज्य तिब्बतको राजा दलाई लामाको स्टदेव महाकाल हुन् भने भुटानको बौद्ध राज्यको राजाको स्टदेवी महाकाली हुन्, लोकेश्वरको अवतारको रूपमा दलाई लामालाई लिए जस्तै अर्को बौद्ध राज्य थाइल्यान्डको राजा लाई भगवान रामको अवतारको रूपमा लिइन्छ, अहिलेको राजाको उपाधी राम नवौं सम्राट भुमिबोलको रूपमा बिभुषित छ भने थाइल्यान्डको राष्ट्रिय ग्रन्थ रामायण हो र यो मुलुकले आफ्नो संविधानमा बौद्ध राज्य लेखेको छ ।

अन्त्यमा २५६९औं बुद्ध जयन्तीका अबसरमा कोरोनाबाट मुक्ति र विश्व शान्तिको कामना गर्दछु ।

काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । ट्रम्पले सामाजिक सञ्जाल

एजेन्सी, २९ असार । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ।  थाइल्यान्डका प्रधानमन्त्री

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ